नियम
नाम सार्वजनिक गर्ने
(१) प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिको ऐनको दफा २५ को उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा एक वर्ष अघि त्यस्तो अनुमतिपत्रको अवधि समाप्त हुने व्यहोराको जानकारी सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ।
(२) ऐनको दफा २५ को उपदफा (५) बमोजिम अनुमतिपत्र स्वतः रद्द भएमा वा दफा २८ बमोजिम अनुमतिपत्र खारेज भएमा त्यस्तो रद्द वा खारेज भएको सूचना तत्काल राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिमको सूचना प्राधिकरणले आफ्नो वेबसाईटमा समेत राख्नु पर्नेछ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा २८ को उपदफा (५) बमोजिम नेपाल सरकार समक्ष उजुरी परेकोमा त्यस्तो सेवा प्रदायकको नाम सो उजुरीको टुङ्गो लागे पछि प्रकाशन गर्नु पर्नेछ।
(५) अनुमतिपत्र प्राप्त व्यक्तिले एक भन्दा बढी अनुमतिपत्र प्राप्त गरी सो बमोजिम दूरसञ्चार सेवा सञ्चालन गर्दै आएको भएमा जुन अनुमतिपत्रको अवधि समाप्त भएको वा अनुमतिपत्र स्वतः रद्द वा खारेज भएको हो सोको मात्र सूचना प्रकाशन गर्नु पर्नेछ।